चैत ३१ — भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर भोजपुर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटनामा परेको हो। दुर्घटनामा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही स्थानका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको छ।