Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रैनादेवी छहरामा जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते - Brighter Network


पाल्पा, वैशाख १५ –

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।


गए राति सवा १० बजे लु १ ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरीतर्फ जाँदै गर्दा भित्री सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो। जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


घटनामा सोही स्थानका २७ वर्षीय जिप चालक रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते भएका छन्। उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।


दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom