राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेटमा जाजरकोटको कुशे गाउँपालिका–स्थित पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। प्रारम्भिक विवरणअनुसार उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको रिपोर्ट भने आएको छैन।
यसअघि चैत २१ गते साँझ ८:०७ र ८:१० बजे सोही क्षेत्रमा ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएको थियो। ती भूकम्पबाट केही घरमा सामान्य क्षति पुगेको थियो।
यस्तै, चैत २० गते दार्चुलामा ४.० र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। देशका विभिन्न भेगमा भूकम्पीय गतिविधि सक्रिय देखिएसँगै सर्वसाधारणमा सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।