पक्राउ परेका दमैमाथि २०८१ साल साउन १५ गते रातको समयमा परिवर्तित नाम र ठेगाना भएकी ११ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको हो। पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा उनलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
घटनापछि दमैलाई पक्राउ गरी मिति २०८१ साल चैत २८ गते स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीका अनुसार, पीडित बालिका हाल सुरक्षित अवस्थामा रहेको र उनका लागि आवश्यक कानुनी र स्वास्थ्य सहायता उपलब्ध गराइएको छ।