मिति २०८२ साल वैशाख ५ गते बेलुका करिब ७:३० बजे खेतमा पानी सिचाइ गर्न भनी घरबाट निस्किएका सेन राति अबेरसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजतलास थालेका थिए। खोजी गर्ने क्रममा वडा नम्बर–५ जुडीस्थित बाडखोलामा, घरदेखि करिब १ किलोमिटर पूर्वतर्फ, सेन पानीको बीच भागमा उत्तानो अवस्थामा मृत फेला परेका हुन्।
घटनाको सूचना २०८२ वैशाख ६ गते राति १:३० बजे प्रहरीलाई प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट १२ भोल्टको ब्याट्री, माछा मार्न प्रयोग गरिने तार, र माछा राख्ने फुर्लुङ समेत फेला परेको प्रहरीले जनाएको छ।
प्रथमदृष्टिमा बिजुली प्रवाह गरेर माछा मार्ने प्रयासमा करेन्ट लागेर मृत्यु भएको आशंका गरिए पनि यकिन विवरण आउन बाँकी रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।