जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका बा २१ च ८९२८ र प्रदेश २–०३–००१ च ३३५६ नम्बरका दुईवटा पिकअप गाडीहरूलाई प्रहरी चौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा गोरु भेटिएपछि नियन्त्रणमा लिइएको हो।
गोरु ओसारपसारमा संलग्न रहेका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१७ का २८ वर्षीय सिशान थिङ र बारा जितपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय महेश भोलानलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।