Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टाउको नभएको महिलाको शव फेला, घटना शंकास्पद - Brighter Network


अछाम, चैत २९ — अछामको ढकारी गाउँपालिका–२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको शव फेला परेको छ। स्थानीयवासीको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले शवको पहिचान गर्न नसकेको जनाएको छ।


अछामका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (प्रनाउ) इश्वरीप्रसाद भण्डारीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान भइरहेको र शव पहिचान तथा घटनाको कारण पत्ता लगाउन प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा अर्को टोली समेत खटाइएको जानकारी दिनुभयो।


प्रनाउ भण्डारीले भन्नुभयो, “शव पूर्ण रूपमा सडिएको अवस्थामा छ, टाउको नभएको कारण घटना शंकास्पद देखिन्छ। हामीले घटनालाई गम्भीर रूपमा लिएका छौँ।”


अहिलेसम्म शव कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ। शव परीक्षण तथा घटनास्थल अनुसन्धानपछि मात्र थप विवरण आउने बताइएको छ।

Top Post Ad

post bottom ads

 


Ads Bottom