प्रहरी प्रशासनले गाडी चालकलाई उन्मुक्ति दिन खोजेको आरोप पीडित पक्षको छ। मृतकका आफन्तहरूले निर्मम तरिकाले ठक्कर दिइ हत्या गरिएको भन्दै निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबारदेखि सडकमा टायर बालेर आन्दोलन चर्काएका छन्।
घटना वैशाख ७ गते बिहान सुर्खेतस्थित रेडियो नेपाल नजिकै कर्णाली राजमार्गमा भएको थियो। मध्यपश्चिम यातायात प्रालिको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा बुढाको घटनास्थलमै मृत्यु भएको थियो।
गाडी चालक तेज थामी मगर (२४), दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ निवासीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए।
पीडित पक्षका अनुसार, मध्यपश्चिम यातायात प्रालिले घटनापछि कुनै चासो नदेखाएको र उल्टै ‘दादागिरी शैली’मा व्यवहार गरेको छ।