Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चिसापानी घुम्तीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३० यात्रु घाइते, ५ जनाको अवस्था गम्भीर - Brighter Network


चैत २८, मकवानपुर — मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानी बजारमा गएराति भएको बस दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन्।


सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बस धरान-चतरा सडकखण्ड अन्तर्गतको एक घुम्तीमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


बसमा भिमफेदी गाउँपालिका अन्तर्गत कृषि तथा पशु शाखाका अगुवा कृषकहरू सवार थिए। दुर्घटनामा परी भिमफेदी गाउँपालिका–३ बुम्लिङका ४६ वर्षीय श्रीराम बज्यू, वडा नं. ५ ज्यामिरेकी रिता मगर, अनिल स्याङ्बो, वडा नं. ६ की साने आले र गाउँपालिकाकी कार्यपालिका सदस्य समित्रा लामाको अवस्था गम्भीर रहेको जनाइएको छ।


उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइतेहरूमध्ये केहीको उपचार बकैयास्थित स्वास्थ्य केन्द्र, हेटौंडा अस्पताल र सहकारी अस्पतालमा भइरहेको छ।


चार जना सामान्य घाइते डिस्चार्ज भइसकेका छन्। घटनापछि प्रहरीले बसका सहचालकलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom