डोल्पा, वैशाख १४ — डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेट जाँदा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।
डोल्पाको भूकम्पबाट तत्काल कुनै ठूलो क्षतिको विवरण आएको छैन। स्थानीय तह र सम्बन्धित निकायहरूले आवश्यक अनुगमन कार्य जारी राखेका छन्।