वैशाख ७, पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट-रोराङ्ग गाउँपालिकाको कृष्ण भीरबाट मोटर साइकल खस्दा एक जानको मृत्यु भएको छ ।
मृत्यु हुने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका-९ का मिनबहादुर तामाङ्ग भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी सुबास हमालले जानकारी दिनु भएको छ ।
मोटरसाइकल चितवनबाट काडमाण्डौँतर्फ आइरहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मोटरसाइकल सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
मृतकको शव गजुरी अस्पतालमा राखिएको छ ।