Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अब ट्रान्सक्रिप्ट निकाल्न काठमाडौँ पुग्नु नपर्ने, त्रिभुवन विश्व विद्यालयले अनलाइन सेवा सुरु गर्दै - Brighter Network


वैशाख २ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले अबदेखि सेवा लिने विद्यार्थीहरूलाई अनलाइन सेवा प्रणालीमार्फत परीक्षा विवरणपत्र (ट्रान्सक्रिप्ट), प्राविधिक प्रमाणीकरण, र सम्बन्धित जानकारी सच्याउने सुविधा प्रदान गर्ने भएको छ।


सूचनाअनुसार, विश्वविद्यालयले आफ्नै विकसित अनलाइन सेवा प्रणालीलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ। यो सेवा २०८१ वैशाख ३ गतेदेखि बिहान ११ बजेदेखि लागू हुनेछ। यस प्रणालीमार्फत बी.ए., बी.एस्सी., बी.बी.एस., बी.एड. लगायतका त्रिवि सम्बद्ध क्याम्पस/कलेजका विद्यार्थीहरूले परीक्षा विवरणसहितका अन्य आवश्यक सुधार कार्य अनलाइनबाटै गर्न सक्नेछन्।


विद्यार्थीहरूले [student.tuexam.edu.np](http://student.tuexam.edu.np) मा गएर आवश्यक विवरणहरू प्रविष्ट गरी, प्रमाणहरू अपलोड गरी आवेदन दिन सक्नेछन्। यदि पहिले बुझाएको विवरणमा त्रुटि भएमा, तोकिएको समयसीमाभित्र correction option प्रयोग गरेर सच्याउन सकिनेछ। जानकारीअनुसार, अनलाइन आवेदन बिना पुरानो प्रकृयाबाट जानकारी वा सिफारिस लिन नपाइने उल्लेख गरिएको छ।


अनलाइन प्रणालीबाट आवेदन दिँदा प्राप्त Application ID वा Slip सुरक्षित राख्न विद्यार्थीहरूलाई आग्रह गरिएको छ। थप जानकारी र प्रक्रिया बुझ्न विद्यार्थीहरूले "Student Portal Manual" अध्ययन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।


परीक्षा नियन्त्रण प्रमुख पुष्पराज जोशीद्वारा हस्ताक्षरित उक्त सूचनाले त्रिविका हजारौं विद्यार्थीलाई अनलाइन सेवा मार्फत सजिलो पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom