Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाटो निर्माणमा भ्रष्टाचार: गाउँपालिकाका हाकिमसहित नौ जनाविरुद्ध मुद्दा दर्ता - Brighter Network

 

वैशाख १६, काठमाडौं –

सर्लाहीको धनकौल गाउँपालिकामा कृषि बाटो निर्माणका क्रममा भएको अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।


आयोगका अनुसार प्राविधिक लागत अनुमान विपरीत कार्य गरी अनियमितता भएको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ तहका मोहम्मद रफिक र सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध रु ७ लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गरिएको हो।


त्यस्तै, गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी र वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसमेत भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै उनीहरू विरुद्ध पनि समान बिगो माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ।


अख्तियारका अनुसार, कृषि बाटो निर्माणको खर्च सदुपयोग नहुँदा राज्यलाई आर्थिक नोक्सानी पुगेको छ। प्रारम्भिक अनुसन्धानले प्राविधिक मूल्याङ्कन बिना काम सम्पन्न देखाएर भुक्तानी लिएको प्रमाणित भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो।


सार्वजनिक सेवा र विकासका नाममा अनियमितता गर्नेहरूमाथि कानूनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom