Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा उपभोक्तामाथि ठगी: बीगमार्ट र मुनाल स्टोरमा म्याद गुज्रेका सामग्री फेला, कारबाही प्रक्रिया सुरु - Brighter Network


 पोखरा, वैशाख १६ –
पोखरामा उपभोक्ताको स्वास्थ्य र उपभोग अधिकार संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा गरिएको संयुक्त अनुगमनमा बीगमार्टले म्याद गुज्रेका र कुहिएका खाद्य सामग्री विक्री गरी उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको तथ्य बाहिरिएको छ।

पोखरा ५ प्रस्र्याङमा रहेको  सुमनबहादुर थापाको स्वामित्वमा रहेको बीगमार्टले कुहिएको सामान प्याक गरी उपभोक्तालाई ठगी गर्दै आएको उजुरीपछि सोमबार टोलीले संयुक्त बजार अनुगमन गरेको थियो।



अनुगमनका क्रममा बीगमार्टबाट १६ किलोभन्दा बढी चना, १५ किलोभन्दा बढी आटा, म्याद गुज्रेका २० प्याकेट भेज म:म:, ७०० ग्राम किरा लागेको खुर्सानीको धुलो लगायतका खाद्य सामग्रीले स्वास्थ्यमा गम्भीर खतरा पुर्‍याउने भएकाले ती सामाग्री पसलमै नष्ट गरिएको थियो। यी सबै वस्तु विक्री स्टलमै राखिएको अवस्थामा भेटिएको थियो।



बजार अनुगमन समितिले उपभोक्ताको  थप अनुसन्धानमा पसलले ‘बीगमार्ट’ भनेर चिनाए पनि कानुनी दर्ता भने ‘मेघामार्ट’को नाममा रहेको पाइएपछि दोहोरो ठगीको आशङ्का रहेको टोलीले जनाएको छ ।



पसल सञ्चालक सुमनबहादुर थापालाई ७ दिनभित्र सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल जनाएका छन्।



त्यसै गरी चिप्लेढुंगास्थित मुनाल स्टोरमा समेत  अनुगमन टोलीले  म्याद गुज्रेका वस्तु विक्री भइरहेको फेला पारेको छ। कल्पना कुमारी थापाको स्वामित्वमा रहेको सो स्टोरमा २ प्याक कुसन पाउरोटी र एक प्याक नरिवल नष्ट गरिएको टोलीले जनाएको छ। त्यसतै  बिस्कुटमा एमआरपीभन्दा बढी मूल्यमा विक्री गरेको पाइएपछि स्याम्पल सङ्कलन गरिएको र स्टोर सञ्चालकलाई समेत ७ दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।



अनुगमन समितिले उपभोक्ता हित विपरीतका गतिविधिमाथि अब अझ कडा निगरानी राख्ने जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom