Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अन्नपूर्ण आधार शिविरबाट फर्किंदै गर्दा बेपत्ता भएका पर्यटकको शव फेला - Brighter Network


चैत २३, कास्की — अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका २७ वर्षीय चिनियाँ नागरिक चेङ युअनेको शव करिब दुई साता पछि फेला परेको छ।

चैत ११ गतेदेखि सम्पर्कविहीन रहेका युअनेको खोजीका लागि सशस्त्र प्रहरी बलको कालिका गण र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो। खोजीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीले गरेका थिए भने टोलीलाई सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाले समन्वय गरेका थिए।

शनिबार शव फेला परेको पुष्टि गर्दै उपरीक्षक तिमिल्सेनाले घटनास्थलमा चिनियाँ दूतावासका प्रतिनिधिहरू र पीडितका आफन्तहरू समेत पुगेको जानकारी दिनुभयो।

चेङ युअने हिमपहिरोको उच्च जोखिम रहेको क्षेत्रमा ट्रेक गरिरहेका बेला दुर्घटनामा परेका थिए भन्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण संकलन र कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूले काम गरिरहेका छन्।



Top Post Ad

post bottom ads

Ads Bottom