Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी नवग्रह मन्दिरको गौरवगाथा: टिएनसी र देवी घर्तीको स्वरमा 'नवग्रह' भजन" - Brighter Network


काठमाडौं, चैत २१ – लोक भजन पारखीहरूका लागि गायिका देवी घर्ती, गायक टेक चापागाईं , र  कमल अर्यालको स्वरमा सजिएको नयाँ भजन "नवग्रह" सार्वजनिक भएको छ। 

अर्जुनचौपारी गाउँपालिकामा निर्माण भएको नेपलकै एकमात्र नवग्रह मन्दिरसँग सम्बन्धित रहेर टेक चापागाईंको अफिसियल युट्युब च्यानलबाट भजन  सार्वजनिक गरिएको । 

भिडियोमा देखिएको स्थान, हरियाली पहाड र भव्य मन्दिर परिसरले यो भजनलाई अझै आध्यात्मिक र भव्य बनाएको छ। धार्मिक र सांस्कृतिक महत्व राख्ने ‘नवग्रह’ शीर्षकको यो भजन त्रिस्टर मिडियाको प्रस्तुति हो।

भजनको भिडियोमा हरित पहाडी भूगोलबीच आयोजित विशाल धार्मिक समारोह देख्न सकिन्छ जसमा सयौं भक्तजनहरूको सहभागिता छ। यसले नेपाली सांस्कृतिक जरा र धार्मिक विश्वासलाई झल्काउने काम गरेको छ।

यो मन्दिरले धार्मिक आस्थाका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्जुनचौपारीको नवग्रह मन्दिरमा सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु गरी नवग्रहका मूर्तिहरू स्थापना गरिएको छ। मन्दिर परिसरमा नवग्रह सम्बन्धी धार्मिक अनुष्ठानहरू नियमित रूपमा सञ्चालन हुने गरेका छन्।

नवग्रहहरू हिन्दू धर्ममा ग्रहहरूको अधिष्ठाता देवताहरू मानिन्छन्, जसले मानव जीवनमा प्रभाव पार्ने विश्वास गरिन्छ। यस मन्दिरमा नवग्रहहरूको पूजा–आराधना गर्नाले ग्रहदोष निवारण हुने धार्मिक मान्यता छ।

मन्दिरको स्थापत्य कला, प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण अर्जुनचौपारी नवग्रह मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। स्थानीय समुदायले मन्दिरको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्, जसले गर्दा क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।​​

Top Post Ad

post bottom ads

Ads Bottom