बैंकिङ प्रक्रियाविपरीत तीन करोड ८७ लाख ९४ हजार ७२४ रुपैयाँ बराबरको कर्जा प्रवाह गरी रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालीन अध्यक्ष वसन्त मल्लविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेषले २०८० फागुन १० गते फैसला सुनाएको थियो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त फैसलाले कानुन अनुसार न्याय नपु¥याएको निष्कर्षसहित सर्वोच्चमा पुनरावेदन गरिएको हो।
त्यसैगरी, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यविरुद्ध पनि रु ११ लाख ५४ हजार ७०८ बराबरको कर्जा अवैधानिक तरिकाले प्रवाह गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो। ती मुद्दामा पनि विशेष अदालतले फागुन १० गते फैसला सुनाएको थियो, जसविरुद्ध आयोगले पुनरावेदन गरेको हो।
आयोगले यस प्रकरणमा १२ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। ती सबै मुद्दामा विशेष अदालतले गरेको फैसलालाई कानुनविपरीत ठहर गर्दै आयोगले सामूहिक रूपमा पुनरावेदन गरेको जनाइएको छ।