Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कच्ची सडकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको ज्यान गयो - Brighter Network


वैशाख १। पाल्पाको रामपुर नगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा एक वृद्ध चालकको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटनामा परि रामपुर–३ बस्ने ७५ वर्षीय पदमबहादुर ठाडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


प्रहरीका अनुसार ठाडाले चलाएको स्कुटर लाम्टाङबाट ओइरेघाटतर्फ जाँदै गर्दा भित्री कच्ची सडकमा अनियन्त्रित भई आइतबार साँझ दुर्घटनामा परेको थियो। दुर्घटनापछि स्थानीय बासिन्दाले उनलाई उद्धार गरी रामपुर अस्पताल पुर्‍याएका थिए।


तर, अस्पतालमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले दुर्घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

Top Post Ad

post bottom ads

 


Ads Bottom