Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुबाहक बस दुर्घटना : १६ जना घाइते, गुडिरहेको कारमा आगलागी - Brighter Network


मकवानपुर, वैशाख ३। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।


इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस करिब १० मिटर तल खस्दा यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। घाइते सबैको उद्धार गरी चितवन अस्पतालतर्फ उपचारका लागि पठाइएको छ।


प्रहरीका अनुसार बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ।


त्यसैगरी, कुलेखानी–भीमफेदी–काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको कार पूर्ण रूपमा जलेको प्रहरीको भनाइ छ। आगलागीबाट मानवीय क्षति भने भएको छै

Top Post Ad

post bottom ads

 


Ads Bottom