Breaking Posts

Type Here to Get Search Results !

रवि लामिछानेलाई भैरहवा लगियो, सोमबार मात्रै अदालतमा पेश हुने - Brighter Network

Top Post Ad


चैत २३ 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई शनिबार बिहान यति एयरलाइन्सको विमानमार्फत भैरहवा पुर्‍याइएको छ। लामिछानेलाई शुक्रबार राति आफ्नै निवासबाट पक्राउ गरेर काठमाडौँ विमानस्थलमार्फत भैरहवा लगिएको हो।

सार्वजनिक बिदा परेकाले अब उनी सोमबार मात्रै रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ। यसबीचमा उनलाई जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि प्रहरी सक्रिय भएको थियो। इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएको हो।

यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, जुन आदेशलाई उच्च अदालतले बदर गरिदिएको छ।

अब कानुनी प्रक्रियाअनुसार सोमबार उनलाई अदालतमा पेश गरिनेछ, जसपछि थुनामा राख्ने अवधि र स्थानबारे थप निर्णय हुनेछ।



post bottom ads

Ads Bottom