Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एक आधारभूत विद्यालयका प्रधानाध्यापक मृत अवस्थामा फेला - Brighter Network

कालीकोट, वैशाख ६ – कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँका एक प्रधानाध्यापक मृत अवस्थामा फेला परेका छन्। स्थानीय शान्ति आधारभूत विद्यालयका ५४ वर्षीय कृष्णबहादुर शाहीको शव बेलुपाटा बजार नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

शुक्रबार साँझ घरबाट बेलुपाटा बजार गएका शाही शनिबार बिहानसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रम

मा बेलुपाटा बजार नजिकै मृत अवस्थामा फेला पारेका हुन्।

घटनाको थप विवरण लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरेको कालीकोट जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ, घटनाबारे विस्तृत अनुसन्धान हुने छ।”


शाहीको मृत्युलाई लिएर स्थानीय समुदायमा शोकको वातावरण छ भने घटनाको कारणबारे हालसम्म केही खुलाइएको छैन। शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom