जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शुक्रबार राति करिब १० बजेको समयमा बेनी नगरपालिका–९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र प्रवेश गर्ने क्रममा रा १ ख १६१३ नम्बरको बसमा सवार सल्यान त्रिवेणी गाउँपालिका–६, लवाङकी १५ वर्षीया सरस्वती ओलीको टाउको बसको गेटमा ठोक्किएको थियो।
गम्भीर घाइते अवस्थामा रहेका ओलीलाई तत्काल बेनी प्रादेशिक अस्पताल ल्याइएको थियो, तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको छ भने मृतकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।