स्थानीय पुष्पराज शर्माले सञ्चालन गर्दै आएको आइएमई सेन्टरमा भएको ग्यास सिलिन्डर विस्फोटपछि आगो फैलिएको र त्यसले बजार क्षेत्रलाई पूर्ण रूपमा प्रभावित बनाएको प्रहरीले जनाएको छ। जलेका २७ घरमध्ये ११ वटा घरमा व्यापारीहरूले पसल सञ्चालन गरिरहेका थिए।
अछामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीबाट करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पीडितहरूबाट क्षतिको विस्तृत विवरण संकलन प्रक्रिया अघि बढाइएको छ।
आगलागीको विस्तृत कारण र थप विवरण संकलन गर्न सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको टोली परिचालित गरिएको जनाइएको छ।