Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालय शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसद् अधिवेशन आह्वान - Brighter Network


काठमाडौं, वैशाख ३। सरकारले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्नका लागि वैशाख १२ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।


मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गरी विधेयक पारितका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको हो। बैठकअनुसार संघीय संसद्को बैठक वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे बस्नेछ।


बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभयो। उहाँका अनुसार महासंघसँगको संवाद निरन्तर जारी छ र यथोचित मागहरूको सम्बोधन गर्न सरकार प्रतिबद्ध छ।


सरकारले शिक्षकहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्री भट्टराईका अनुसार अहिलेको समय विद्यार्थी भर्ना, एसईई उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालनको संवेदनशील समय भएकाले आन्दोलन स्थगन गरी सबै शिक्षकलाई कार्यस्थल फर्कन आग्रह गरिएको छ।


सरकारले अभिभावक र विद्यार्थीको हितलाई मध्यनजर गर्दै आन्दोलनको विकल्प संवाद नै भएको स्पष्ट पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom