Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै ५.० म्याग्निच्युडको भूकम्प - Brighter Network


वैशाख ३ गते । नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै बुधबार बिहान भूकम्पको मध्यम झट्का महसुस गरिएको छ। 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ४: ०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।


भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।


सिमाना नजिकै भएकाले भूकम्पको कम्पन नेपालका केही उत्तरी जिल्लामा पनि हल्का महसुस गरिएको हुन सक्ने अनुमान गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom