Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ - Brighter Network

काठमाडौँ, वैशाख १६ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएकी ५१ वर्षीया मुना कार्की रहेको प्रहरीको भनाइ छ ।


मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ४० हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 


उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

Top Post Ad

post bottom ads

Ads Bottom