पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ७२३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग.१ त ५८९६ नम्बरको ट्रयाक्टर ठक्कर खाँदा ट्रयाक्टरका सहचालक, चितवनको इच्छाकामना गाउँपालिका–१ निवासी करिब ३१–३२ वर्षीय विष्णु चेपाङ घाइते भएका हुन्।
चेपाङलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ। हाल उनी मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचाररत छन्।
बस र ट्रयाक्टरका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ।